नेयमारले च्याम्पियन्स लिग गुमाउने
काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले पीएसजीको कम्तिमा २ खेल गुमाउने भएका छन् । एन्कल इन्जुरीका कारण नेयमारले पीएसजीले खेल्ने कम्तिमा २ खेल गुमाउने प्रशिक्षक क्रिस्टोफ गाल्टियरले बताएको रोयटर्सले जनाएको छ ।
उनले फ्रेन्च लिग वानअन्तर्गतको नान्टेसविरुद्धको खेल तथा च्याम्पियन्स लिगअन्तर्गत वार्यन म्युनिखविरुद्धको अन्तिम १६ को दोस्रो लेग गुमाउने भएका छन् । पीएसजीले म्युनिखविरुद्ध बुधबार खेल्दैछ । त्यैगरी आगामी शनिबार नान्टेसविरुद्ध खेल्ने तालिका रहेको छ ।
पीएसजीले लिललाई फेब्रुअरी १९ मा ४-३ ले पराजित गर्दा ब्राजिलियन फरवार्ड नेयमार घाइते भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया