फुटबल

ए डिभिजन लिगः पुलिसमाथि नवप्रवेशी चर्च ब्वाइजको जित

इकागज |
फागुन २०, २०७९ शनिबार १६:५० बजे

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा नवआगन्तुक चर्च ब्वाइजले विजयी सुरुवात गरेको छ । च्यासल फुटबल मैदानमा भएको खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २-१ गोलअन्तरले पराजित गर्‍यो ।

चर्च ब्वाइजको जितमा आशिष चौधरी र फ्रान्कलिन टालाले एक-एक गोल गरे । पुलिसका लागि रवि पासवानले एक गोल गरे ।


रविले १४ औँ मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर चर्च ब्वाइजका आशिषले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

फ्रान्कलिनले ७० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चर्च ब्वाइजलाई महत्वपूर्ण ३ अंक दिलाए ।


Author

थप समाचार
x