खुमलटार-थ्रीस्टार तथा चर्च ब्वाइज-हिमालयन शेर्पाको खेल हुँदै
काठमाडौँ- सहिद स्मारक ए डिभिजन फुटबल लिगअन्तर्गत आज दुई खेल हुँदैछ । आजको पहिलो खेलमा एफसी खुमलटारले थ्रीस्टार क्लबको सामना गर्नेछ ।
खुमलटार र थ्रीस्टारबीचको खेल एन्फा कम्पलेक्समा दिउँसो २:३० बजेबाट सुरु हुनेछ । थ्रीस्टारविरुद्ध खेल्दा खुमलटार दोस्रो जितको खोजिमा हुनेछ । खुमलटारले यसअघिका दुईमध्ये एक खेलमा जित तथा एक खेलमा पराजय भोगेको थियो ।
यता थ्रीस्टार भने पहिलो जितको खोजिमा हुनेछ । यसअघि थ्रीस्टारले एक खेलमा पराजय भोग्दा एक खेलमा अंक बाडेको थियो ।
खुमलटार ३ अंकसहित ८ औँ तथा थ्रीस्टार १ अंकसहित ११ औँ स्थानमा छ ।
त्यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेबाट सुरु हुने खेलमा शीर्ष स्थानको चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ ।
अघिल्ला २ खेलबाट ६ अंक जोडेको चर्च ब्वाइजले हिमालयन शेर्पाविरुद्ध जितलाई निरन्तरता दिन चाहन्छ । हिमालयन शेर्पा भने चर्च ब्वाइजलाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्न चाहन्छ । हिमालयन शेर्पाले एक खेलमा जित हात पार्दा अर्को खेलमा बराबरी खेलेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया