सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग
पुलिसलाई हराउँदै संकटाको पहिलो जित
काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत संकटा क्लबले पहिलो जित हात पारेको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै संकटाले पहिलो जित हात पारेको हो ।
संकटाका लागि गणेश हमाल, रोहन पहारी र सुरज ठकूरीले एक-एक गोल गरे । गणेशले १२ औँ मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । रोहनले ८० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाउँदा सुरजले ८६ औँ मिनेटमा संकटाको जित सुनिश्चित गरे ।
पुलिसको यो लगातार तेस्रो पराजय हो ।
यता १० खेलाडीमा सिमित एपीएफ क्लबसँग जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेको छ । एपीएफका अडामा डोम्बियाले रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया