फुटबल

म्यानचेस्टर सिटीले जित्दा लिभरपुल पराजित

इकागज |
फागुन २८, २०७९ आइतबार ९:५ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले जित हात पारेको छ । शनिबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसमाथि १-० को जित हात पारेको हो ।

सिटीको जितमा अर्लिङ हालान्डले निर्णायक गोल गरे । हालान्डले ७८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।


जितसँगै लिगको दोस्रो स्थानमा रहेको सिटीले २७ खेलबाट ६१ अंक जोडेको छ । शीर्ष स्थानको आर्सनलको २६ खेलमा ६३ अंक छ ।

यता पाँचौ स्थानको लिभरपुलले भने बर्नमाउथसँग १-० को पराजय भोग्यो । बर्नमाउथलाई जित दिलाउन फिलिप बिलिङले २८ औँ मिनेटमा गोल गरे ।

अन्य खेलमा चेल्सीले लेस्टर सिटी तथा टोटेनहमले नटिङघम फरेस्टलाई समान ३-१ गोलअन्तरले पराजित गरे ।


Author

थप समाचार
x