फुटबल

हालान्डको कीर्तिमानी पाँच गोलमा सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

इकागज |
चैत १, २०७९ बुधबार ८:५४ बजे

काठमाडौँ -अर्लिङ हालान्डले पाँच गोल गरेपछि इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रि-क्वार्टरफाइनलको दोस्रो लेगमा सिटीले जर्मन क्लब लेइपजिगलाई ७-० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्‍यो । सिटीले समग्रमा ८-१ को नतिजा निकालेको हो ।

सिटीको जितमा हालान्ड एक्लैले पाँच गोल गरे । इल्के गुन्डोगान र केभिन डी ब्रुएनले एक-एक गोल थपे । यससँगै हालान्ड सबैभन्दा छिटो युरोपेली क्लब प्रतिस्पर्धामा ३० गोल गर्ने पहिलो खेलाडीसँगै सबै भन्दा कम उमेरका खेलाडी बनेका छन् ।


हालान्ड च्याम्पियन्स लिगको एकै खेलमा पाँच गोल गर्ने सबैभन्दा कम उमेरमा खेलाडी समेत बनेका छन् । अर्जेन्टिनाका लियोनल मेस्सी र ब्राजिलका लुइज एड्रियानोले मात्र एकै खेलमा पाँच-पाँच गोल गरेका छन् ।

२२ वर्षीय हालान्डले यसै सिजनमा ३९ गोल गरिसकेका छन् । उनी एकै सिजनमा सिटीका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन् ।


Author

थप समाचार
x