फुटबल

विश्वकप- २०२६ : १२ समूहमा चार-चार टिम रहने, १०४ खेल हुने

इकागज |
चैत १, २०७९ बुधबार ९:५५ बजे

काठमाडौँ- फिफाले सन् २०२६ मा हुने फिफा विश्वकप फुटबलका लागि एक समूहमा चार टिम नै रहने पुरानो व्यवस्था नै लागू गर्ने भएको छ । अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपमा ४८ टिम हुने भएपछि फिफाले ३-३ टिम गरी १६ वटा समूह बनाउने निर्णय गरेको थियो ।

तर गत वर्ष कतारमा सम्पन्न विश्वकपमा एक समूहमा चार टोली रहेका कारण विश्वकप सफल भएको भन्दै फिफाले एक समूहमा तीन टिम राख्ने निर्णयबाट पछि हटेको बीबीसीले जनाएको छ ।


रुवान्डामा भएको फिफा कंग्रेसले गरेको निर्णय अनुसार २०२६ को विश्वकपमा १ सय ४ खेल हुने भएको छ । यसअघि ८० खेल हुने अनुमान गरिएको थियो ।

यता नकआउट चरण भने अन्तिम ३२ बाट सुरु हुने भएको छ । फिफाले जनाए अनुसार अब प्रत्येक समूहका शीर्ष २ टिमका साथै तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टिम नकआउट चरणमा प्रवेश गर्नेछन् ।

यससँगै समूह चरणबाट बाहिरिने टिमले ३ खेल खेल्न पाउने सुनिश्चित भएको छ ।

३२ टिम हुँदा विश्वकप जित्ने टिमले ७ खेल खेल्नुपर्ने भएपनि अब चाँही विश्वकप जित्ने टिमले ८ खेल खेल्नुपर्ने भएको छ ।


Author

थप समाचार
x