फुटबल

ए डिभिजन लिग : पाँचौं खेलपछि पुलिसले जोड्यो एक अंक

इकागज |
चैत ४, २०७९ शनिवार १६:४३ बजे

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा नेपाल पुलिस क्लबले पहिलो अंक जोडेको छ । लगातार चार खेलमा पराजय भोगेको पुलिसले न्यूरोड टिम (एनआरटी) विरुद्ध पहिलो अंक हात पारेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले एनआरटीसँग एक-एक गोलको बराबरी खेल्यो । ६३ औँ मिनेटमा सन्जिव विष्टले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए पनि प्रताप गुरुङले ७५ औँ मिनेटमा पुलिसका लागि गोल फर्काए ।


पुलिसले यसअघिका चारवटै खेलमा पराजय भोगेको थियो । एनआरटीले भने ३ खेलमा पराजय भोग्दा एक खेलमा अंक बाँडेको थियो ।

च्यासल मैदानमा भने त्रिभुवन आर्मी फुटबल क्लबले फ्रेन्ड्स क्लबलाई २-१ ले पराजित गर्यो । आर्मीलाई जित दिलाउन जिलेस्पी जंग कार्की र दिपक गुरुङले एक-एक गोल गरे । फ्रेन्ड्सलाई रफिक अमिनु एक गोल फर्काए ।

रफिकले छैटौँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । तर, आर्मीका जिलेस्पी जंग कार्कीले २४ औँ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्‍याए । दिपकले भने दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।

दुई खेलमा बराबरी खेलेका तथा एक खेलमा पराजय भोगेको आर्मीको यो दोस्रो जित हो ।

एक खेलमा जित हात पारेको फ्रेन्ड्सको यो तेस्रो पराजय हो । उसले एक खेलमा जित हात पारेको छ ।


Author

थप समाचार
x