फुटबल

१३औँ संस्करणको साफ च्याम्पयनसीप जुन २१ देखि भारतको बेंग्लुरुमा हुने

इकागज |
चैत ६, २०७९ सोमबार ९:२४ बजे

काठमाडौँ- भारतले आगामी जुन २१ देखि जुलाई ३ सम्म साफ च्याम्पियनसीप फुटबल आयोजना गर्ने भएको छ । अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले आइतबार च्याम्पियनसीपको मिति तथा स्थान घोषणा गरेको हो ।

एआईएफएफले जनाएअनुसार च्याम्पियनसीप बेंग्लुरुमा आयोजना हुनेछ । राउन्ड-रोबिनको आधारमा हुने च्याम्पियनसीपमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिनेछ । सहभागी टिमको भने टुंगो लागिसकेको छैन ।


भारतले चौथो पटक च्याम्पियनसीप आयोजना गर्न लागेको हो । भारत च्याम्पियनसीपको सर्वाधिक सफल टोली हो । उसले ८ पटक च्याम्पियनसीपको उपाधि जितिसकेको छ ।


Author

थप समाचार
x