फुटबल

रियलमाथि बार्सिलोनाको जित

इकागज |
चैत ६, २०७९ सोमबार १०:२१ बजे

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत शीर्ष स्थानको बार्सिलोनाले रियल मड्रिडमाथि जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गर्‍यो ।

बार्सिलोनाको जितमा सर्जियो रोबर्टो र फ्रान्क केसीइले एक-एक गोल गरे । बार्सिलोनाका रोनाल्ड अराउजोले आत्मघाती गोल गरे ।


अराउजोले नवौं मिनेटमा गरेको आत्मघाती गोलमा रियल मड्रिडले अग्रता बनाएपनि सर्जियोले ४५ औँ मिनेटमा बराबरी गोल गरे । फ्रान्कले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

जितसँगै बार्सिलोनाले २६ खेलबाट ६८ अंक जोडेको छ । दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक छ ।


Author

थप समाचार
x