नेपाल भारतसँग पराजित
काठमाडौँ- साफ यू-१७ महिला च्याम्पियनसीप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।
बंगलादेशको ढाकामा सोमबार भएको खेलमा भारतले नेपाललाई ४-१ गोल अन्तरले पराजित गरेको हो । भारतका लागि शिल्जी शाजीले ह्याट्रिक पूरा गर्दा पूजाले एक गोल गरिन् । नेपालका लागि वर्षा ओलीले एक गोल गरिन् ।
जितसँगै भारतले पहिलो खेलमा ३ अंक जोडेको छ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ । अब नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्नेछ ।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया