फुटबल

नेपाल भारतसँग पराजित

इकागज |
चैत ६, २०७९ सोमबार १९:५० बजे

काठमाडौँ- साफ यू-१७ महिला च्याम्पियनसीप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।

बंगलादेशको ढाकामा सोमबार भएको खेलमा भारतले नेपाललाई  ४-१ गोल अन्तरले पराजित गरेको हो । भारतका लागि शिल्जी शाजीले ह्याट्रिक पूरा गर्दा पूजाले एक गोल गरिन् । नेपालका लागि वर्षा ओलीले एक गोल गरिन् । 


जितसँगै भारतले पहिलो खेलमा ३ अंक जोडेको छ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ । अब नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्नेछ ।

राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।


Author

थप समाचार
x