फुटबल

खेलाडीलाई आक्रमण गर्ने समर्थक ४० वर्ष मैदान प्रवेश गर्न नपाउने

इकागज |
चैत ७, २०७९ मगलवार १०:१ बजे

काठमाडौँ- युरोपा लिगअन्तर्गतको एक खेलका क्रममा स्पेनिस फुटबल क्लब सेभिल्लाका गोलरक्षक मार्को डिमित्रोभिकलाई आक्रमण गर्ने एक समर्थक ४० वर्षसम्म मैदान प्रवेश गर्न नपाउने भएका छन् ।

मार्कोलाई आक्रमण गर्ने २० वर्षीय युवकलाई नेदरल्यान्ड्सको पीएसभी एन्डहोभेन क्लबले आफ्नो मैदान प्रवेशमा ४० वर्षको प्रतिबन्धको घोषणा गरेको बीबीसीले जनाएको छ ।


उनीमाथि राष्ट्रिय मैदानमा प्रवेशमा समेत रोक लगाइनुका साथै ३ महिनाको जेल सजाय सुनाइएको छ ।


Author

थप समाचार
x