फुटबल

फ्रान्सको राष्ट्रिय फुटबल टिमको कप्तान बने एम्बाप्पे

इकागज |
चैत ८, २०७९ बुधवार १०:७ बजे

काठमाडौँ- कायलियन एमबाप्पे फ्रान्सको राष्ट्रिय फुटबल टिमको कप्तान नियुक्त भएका छन् । मुख्य प्रशिक्षक डिडियर डेसचाम्प्सले एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स फुटबल फेडेरेसनले जनाएको छ ।

ह्युगो ललोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि २४ वर्षीय फरवार्ड एमबाप्पेलाई कप्तान नियुक्त गरिएको हो । सन् २०१८ मा फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका एमबाप्पेले देशका लागि ६६ खेलमा ३६ गोल गरिसकेका छन् ।


उनले गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक समेत पूरा गरेका थिए । फ्रान्स भने उपविजेतामा सीमित भएको थियो ।

फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेनका फरवार्ड एमबाप्पेले नेदरल्यान्ड्सविरुद्ध शुक्रबार फ्रान्सको कप्तानको रुपमा मैदानमा उत्रनेछन् ।


Author

थप समाचार
x