नेपालले लाओसलाई हरायो
काठमाडौँ - आयोजक नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक/एक गोल गरे । खेलको ३० औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए ।
त्यसपछि खेलको ५६ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाए । नेपालका अनन्त म्यान अफ द म्याच चुनिए । चैत १४ गते नेपालले भुटानसँग खेल्नेछ ।
सिंगल राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया