फुटबल

नेपालले लाओसलाई हरायो

इकागज |
चैत ८, २०७९ बुधबार २०:४४ बजे

काठमाडौँ - आयोजक नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक/एक गोल गरे । खेलको ३० औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए ।


त्यसपछि खेलको ५६ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाए ।  नेपालका अनन्त म्यान अफ द म्याच चुनिए ।  चैत १४ गते नेपालले भुटानसँग  खेल्नेछ ।

सिंगल राउण्ड रोबिनको आधारमा जारी  प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।


Author

थप समाचार
x