फुटबल

पोर्चुगलको शानदार जित, इंग्ल्यान्डले इटालीलाई हरायो

इकागज |
चैत १०, २०७९ शुक्रवार ८:४५ बजे

काठमाडौँ- क्रिस्टियानो रोनाल्डोको दुई गोलको मदतमा पोर्चुगलले युरोपियन च्याम्पियनसीप छनोटअन्तर्गत लिचेस्टाइनमाथि शानदार जित हात पारेको छ । समूह ‘जे’ अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगलले लिचेस्टाइनलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा रोनाल्डोले ५१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा अर्को गोल ६३ औँ मिनेटमा थपे । जाओ कान्सेलोले ८औँ तथा बर्नार्ड सिल्भाले ४७औँ मिनेटमा एक-एक गोल गरे ।


समूह ‘सी’ मा भने इंग्ल्यान्डले इटालीलाई २-१ पराजित गर्‍यो । इंग्ल्यान्डको जितमा डिकलेन राइस र ह्यारी केनले एक-एक गोल गरे । इटालीका लागि माटियो रेटेगुईले एक गोल फर्काए । इंग्ल्यान्डले सन् १९६१ पछि पहिलो पटक इटालीलाई उसैको घरेलु मैदानमा पराजित गरेको हो ।


Author

थप समाचार
x