फुटबल

पनामालाई अर्जेन्टिनाले पराजित गर्दा मेस्सीको एक गोल

इकागज |
चैत १०, २०७९ शुक्रबार ९:१७ बजे

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले पनामालाई पराजित गरेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पनामालाई २-० गोलअन्तरले पराजित गर्‍यो ।

पनामाविरुद्ध अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र थियागो अल्माडाले एक-एक गोल गरे । थियागोले ७८ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने मेस्सीले ८९ औँ मिनेटमा टिमका लागि दोस्रो गोल गरे ।


मेस्सीको व्यावसायीक खेल जिवनको ८ सयौँ गोल समेत हो । साथै उनले अर्जेन्टिनाका लागि ९९ गोल समेत पूरा गरेका छन् ।

घरेलु मैदानमा पनामालाई पराजित गर्दा अर्जेन्टिनाका लागि गत वर्ष जितेको फिफा विश्वकपको उल्लास मनाउने अवसर समेत रहेको थियो ।


Author

थप समाचार
x