फुटबल

युरोपियन च्याम्पियनसीपः नर्वेमाथि स्पेनको शानदार जित

इकागज |
चैत १२, २०७९ आइतबार ८:५४ बजे

काठमाडौँ- युरोपियन च्याम्पियनसीप छनोटअन्तर्गत स्पेनले नर्वेमाथि शानदार जित हात पारेको छ । शनिबार राति भएको समूह ‘ए’ अन्तर्गतको खेलमा स्पेनले नर्वेलाई ३-० गोलअन्तरले पराजित गरेको हो ।

स्पेनलाई जित दिलाउन अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका जोशेलुले दुई गोल तथा डानी ओल्मोले एक गोल गरे ।


डानीले १३ औँ मिनेटमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाउँदा जोशेलुले ८३ औँ तथा ८५ औँ मिनेटमा टिमका लागि थप दुई गोल गरे ।


Author

थप समाचार
x