फुटबल

३९ वर्षपछि स्कटल्यान्डले स्पेनलाई स्तब्ध पार्‍यो

इकागज |
चैत १५, २०७९ बुधबार ९:३२ बजे

काठमाडौँ- युरोपियन च्याम्पियन फुटबल छनोटअन्तर्गत स्कटल्यान्डले स्पेनलाई स्तब्ध तुल्याएको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा स्कटल्यान्डले स्पेनलाई २-० गोलअन्तरले पराजित गरेको हो ।

स्कटल्यान्डका लागि दुवै गोल स्कट म्याकटोमिनेले गरे । उनले खेलको ७ औँ तथा ५१ औँ मिनेटमा गोल गर्दै स्कटल्यान्डलाई जित दिलाए । स्कटल्यान्डले ३९ वर्षपछि पहिलो पटक स्पेनलाई पराजित गरेको हो ।


छनोटअन्तर्गत स्कटल्यान्डको यो लगातार दोस्रो जित हो । स्पनेले भने एक खेलमा जित हात पारेको छ ।

समूह ‘डी’ अन्तर्गत क्रोयसियाले भने टर्कीलाई २-० ले पराजित गर्‍यो ।


Author

थप समाचार
x