फुटबल

थ्री नेसन्स कपः उपाधिका लागि नेपाल र लाओस भिड्दै

इकागज |
चैत १७, २०७९ शुक्रबार ९:१७ बजे

काठमाडौँ- प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र लाओसबीच खेल हुँदैछ । नेपाल र लाओसबीचको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेबाट सुरु हुनेछ ।

यसअघि लिग चरणमा नेपालले लाओसलाई २-० गोलअन्तरले पराजित गरेको थियो । लाओसविरुद्ध अनन्त तामाङ र नवयुग श्रेष्ठले एक-एक गोल गरे ।


तर अर्को खेलमा भने लाओसले भने भुटानलाई २-१ ले पराजित गर्‍यो । त्यसपछि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेपछि नेपाल र लाओसबीचको फाइनल सुनिश्चित भएको थियो ।

दिपक राज सिंह ठकूरी अन्तिम समयमा गोल गरेपछि नेपाल भुटानसँग पराजित हुनबाट जोगिएको थियो ।

लाओसबिरुद्ध भने उपाधिका खेल्ने नेपाली टिमका कप्तान किरण चेम्जोङले बताए । उनले प्रतियोगिताको उपाधि जिते नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्न सहयोग पुग्ने दावी गरे । चेम्जोङले फाइनल खेलका लागि मानसिक र शारीरिक हिसाबमा तयार भएको उल्लेख गरे ।

उनले टोलीमा नयाँ खेलाडीको बाहुल्यता भएको र उनीहरूको मनोबल उच्च बनाउन पनि यो प्रतियोगिताको उपाधि निकै महत्वपूर्ण रहेको बताए । नेपाली फुटबल कठिन समयबाट गुज्रिरहेको अवस्थामा समर्थकलाई खुसी दिलाउनका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको समेत चेम्जोङको भनाइ छ ।

नेपालका प्रशिक्षक भिन्सेन्जो एनिसले नेपाली टोलीमा अहिले अधिकांश नयाँ खेलाडी भएको र राम्रो छवि बनाउन जित निकै आवश्यक भएको उल्लेख गरे । टोली मानसिक र शारीरिक हिसाबमा तयार रहेको भन्दै शुक्रबार नेपाली टोली सुखद नतिजाका लागि खेल्ने बताए ।

यता लाओसका कप्तान साउकाफोन भोनचेनखामले फाइनल प्रतिस्पर्धाका लागि टोली उत्साहित भएको बताए । पहिलो खेलमा आफ्नो टोली मौसमका कारण अपेक्षाअनुसार खेल्न नसकेको र केही दिनको बसाइँपछि टोली अभ्यस्त भएको भन्दै फाइनल उपाधिका लागि खेल्ने बताए । दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा गर्दा खेल रोमाञ्चक हुने बताए ।


Author

थप समाचार
x