फुटबल

प्रिमियर लिगः महत्वपूर्ण खेलमा सिटीले लिभरपुलविरुद्ध खेल्दै

इकागज |
चैत १८, २०७९ शनिबार १४:१४ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलको महत्वपूर्ण खेलमा साविक विजेता म्यानचेस्टर सिटीले लिभरपुलविरुद्ध आज खेल्दैछ । सिटी र लिभरपुलबीचको खेल इतिहाद स्टेडियममा नेपाली समय अनुसार साँझ ५.१५ बजेबाट सुरु हुनेछ ।

तालिकाको दोस्रो स्थानमा रहेको सिटीलाई उपाधि दावेदारी कायम राख्न तथा शीर्ष स्थानको आर्सनलसँगको अंक दूरी कम गर्न लिभरपुलमाथि जित आवश्यक छ । अर्कोतर्फ आज राति नै आर्सनलले पनि लिड्सविरुद्ध खेल्दैछ ।


अहिलेको अवस्थामा शीर्ष स्थानको आर्सनलले २८ खेलबाट ६९ अंक जोडेको छ । सिटीको २७ खेलमा ६१ अंक छ । आर्सनल पनि लिड्समाथि जित हात पार्दै उपाधि नजिक पुग्ने दाउमा छ ।


Author

थप समाचार
x