चेल्सीले किन सात महिनाभित्रै बर्खास्त गर्याे मुख्य प्रशिक्षक पोटरलाई ?
काठमाडौँ- इंग्लिस फुटबल क्लब चेल्सीले नियुक्ति गरेको सात महिनाभित्रै मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार एस्टन भिल्लासँग पराजित भएसँगै चेल्सीले पोटरलाई बर्खास्त गरेको हाे ।
गत सेप्टेम्बर ८ मा पोटर मुख्य प्रशिक्षक नियुक्त भएयता चेल्सीले ३१ मध्ये ११ खेलमा पराजय भोगिसकेको छ । उनले प्रशिक्षणमा चेल्सीले ३१ मध्ये १२ खेलमा मात्रै जित हात पार्यो ।
लिगमा पनि चेल्सी २८ खेलबाट ३८ अंक जोडेर ११ औँ स्थानमा रहेको छ । चेल्सी लिगको १० खेलमा पराजित भइसकेको छ ।
चेल्सीका मालिकले पोटरलाई बर्खास्त गर्दा दुखी भएको प्रतिक्रिया दिए ।
चेल्सीले लिगअन्तर्गत मंगलबार लिभरपुलको सामना गर्दैछ भने अप्रिल १२ मा च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लिगमा रियल मड्रिडको सामना गर्नेछ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया