फुटबल लिग : पुलिसले पाँचौं हार भोग्दा संकटाको दोस्रो जित
काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत नेपाल पुलिस क्लबले पाँचौं हार भोगेको छ । च्यासल मैदानमा सोमबार भएको खेलमा नेपाल एपीएफ क्लबले पुलिसलाई २-० गोलले पराजित गर्यो ।
यससँगै ६ खेल खेलेको पुलिसले एक बराबरी खेल्दा पाँच खेलमा पराजय भोगेको छ । यता एपीएफको ६ खेलमा तेस्रो जित हो । एपीएफले २ खेलमा पराजय भोग्दा एक खेलमा अंक बाँडेको छ ।
एपीएफलाई पुलिसविरुद्ध जित दिलाउन अडामा डौम्बियाले ५७ औँ मिनेट तथा सविन गुरुङले दोस्रो हाफको इन्जुरी समयमा एक-एक गोल गरे ।
यसैबीच एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा क्लबले एफसी खुमलटारलाई १-० ले पराजित गर्यो । संकटालाई जित दिलाउन जुनियर अन्गुएनेले २७ औँ मिनेटमा गोल गरे ।
लिगमा संकटाको यो दोस्रो जित हो भने खुमलटारको चौंथो पराजय हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया