फुटबल

प्रिमियर लिगः एभर्टन र टोटेनहमको बराबरी

इकागज |
चैत २१, २०७९ मंगलबार ९:८ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत एभर्टनले टोटेनहमलाई बराबरीमा रोक्न सफल भएको छ । सोमबार राति भएको खेलमा एभर्टनले टोटेनहमसँग १-१ गोलको बराबरी खेलको हो ।

५८ औँ मिनेटमा मिडफिल्डर अब्दोले डोकोरले रातो कार्ड खाएपछि एभर्टन १० खेलाडीमा सिमित भयो । त्यसपछि ह्यारी केनले ६८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए ।


तर ८८ औँ मिनेटमा लुकास मोउराले रातो कार्ड खाएपछि टोटेनहम पनि १० खेलाडीमा सिमित भयो । त्यसको फाइदा उठाउँदै माइकल किनले ९० औँ मिनेटमा एभर्टनका लागि बराबरी गोल गरे ।

बराबरीसँगै एभर्टन २९ खेलबाट २७ अंक जोड्दै १५ औँ स्थानमा उक्लिएको छ । यता २९ खेलबाट ५० अंक जोडेको टोटेनहम भने चौथो स्थानमा उक्लिएको छ ।


Author

थप समाचार
x