पेरिस ओलम्पिक
महिला फुटबलको एसिया छनोटको पहिलो चरणको खेल बुधबारबाट काठमाडौंमा
काठमाडौँ- पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणको खेल बुधबारबाट काठमाडौँमा सुरु हुँदैछ ।
प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि छनोटमा नेपाल र भियतनामले मात्र खेल्न लागेको हो । नेपाल र भियतनामबीचको पहिलो खेल बुधबार दशरथ रंगशालामा साँझ ६ बजे हुने एन्फाले जनाएको छ । प्रतियोगिता अघि दुई देशका प्रशिक्षक एवं कप्तानले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ मैदान उत्रने जनाएका छन् ।
खेलअघि मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको प्रिम्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक अनन्तराज थापाले भियतनाम बलियो विपक्षी भए पनि राम्रो नतिजा ल्याउने बताए । बलियो टिमसँग खेल्दा नेपाललाई फाइदा हुने र नेपाली खेलाडीका लागि आफूलाई प्रमाणित गर्ने अवसर भएको उनले बताए ।
त्यस्तै नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले वरियतामा भियतनाम नेपालभन्दा माथि भए पनि जीतको लक्ष्यका साथ खेल प्रदर्शन गर्ने बताए ।
त्यस्तै भियतनामका प्रशिक्षक तथा कप्तानले नेपाल आफ्ना लागि बलियो प्रतिष्पर्धी रहेकाले खेलमा कुनै कमजोरी नगर्ने बताए । नेपालले दोश्रो खेलमा चैत्र २५ गते भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया