राष्ट्रव्यापी वीर गणेशमान सिंह बक्सिङ शुरु
फाइल फोटो
काठमाडौँ - वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ च्याम्पियनसिप मंगलबार राजधानीमा शुरु भएको छ । वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजनामा हुन लागेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षणको हलमा मंगलवारबाट शुरु भएको हो ।
प्रतियोगितामा महिला र पुरुषतर्फ विभिन्न ६ तौल समूहमा खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । चैत २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १० टोलीका १ सय ४० खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । प्रत्येक विधाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो स्थानको खेलाडीले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
जस अन्तर्गत पुरुषतर्फ ५१, ५७, ६३।५, ७१, ८० र ९२ केजी तौल समूह र महिलातर्फ ५०, ५४, ५७,६०, ६८ र ७५ केजी तौल समूहमा प्रतिष्पर्धा हुँदैछ । प्रतियोगितामा तीन विभागीय टोलीका साथै सात प्रदेशका खेलाडीले सहभागी जनाएका छन् ।प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया