विश्वकप आउन सय दिन बाँकी छँदै ६ लाख बढी टिकट बिक्री
काठमाडौँ- अस्ट्रेलिया र न्यूजिल्यान्डमा जुलाई २० तारिखबाट सुरु हुने फिफा महिला विश्वकप फुटबलको ६ लाख ५० हजार टिकट बिक्री भएको छ । विश्वकप आउन एक सय दिन बाँकी छँदै ६ लाख ५० हजार टिकट बिक्री भएको आयोजकले जनाएको छ ।
बीबीसीले उल्लेख गरे अनुसार आयोजकले १५ लाख टिकट विक्री गर्नै योजना रहेको छ । फिफा महासचिव फात्मा सामोउराले विश्वकपलाई अहिलेसम्मकै सफल र भव्य बनाउने फिफाको रहेको बताइन् । आयोजकका अनुसार विश्वव्यापीरुपमा टेलिभिजनमार्फत करिब २ करोड मानिसले विश्वकप हेर्ने अपेक्षा रहेको छ ।
न्यूजिल्यान्डले घरेलु मैदान इडेन पार्कमा नर्वेविरुद्ध तथा अस्ट्रेलियाले आयरल्यान्डविरुद्ध स्टेडियम अस्ट्रेलियामा खेल्दा करिब १ लाखको उपस्थिति रहने फिफाको अनुमान छ ।
२४ टिमको सहभागिता रहने विश्वकपका ६४ खेल विभिन्न १० स्टेडियममा हुने तालिका रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया