फुटबल

हालान्डको कीर्तिमानी गोलमा बायर्नमाथि सिटीको जित

इकागज |
चैत २९, २०७९ बुधबार ८:५६ बजे

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बायर्न म्युनिखमाथि शानदार जित हात पारेको छ । सिटीको इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीले बायर्नलाई ३-० ले पराजित गर्‍यो ।

सिटीलाई जित दिलाउन रोड्री, बर्नार्डो सिल्भा र अर्लिङ हालान्डले एक-एक गोल गरे । जारी सिजनमा नर्वेजियन स्ट्राइकर हालान्डको सिटीका लागि ४५ औँ गोल हो ।


हालान्ड इंग्लिस क्लबका लागि एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन् । यसअघि मोहमद सालाह र रुड भान निसेलरुले समान ४४ गोल गरेका थिए ।

अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज क्लब बेनफिकालाई २-० ले पराजित गर्‍यो । मिलानको जितमा निकोलो बरेला र रोमेलु लुकाकुले एक-एक गोल गरे ।


Author

थप समाचार
x