रोहितले इन्डोनेसियन क्लबसँग गरे सम्झौता नविकरण
काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दले इन्डोनेसियन क्लब पेरिसिक केदिरीसँगको सम्झौता नविकरण गरेका छन् । रोहितले इन्डोनेसियाको लिगा वान क्लब पेरिसिकसँग सन् २०२४ सम्मका लागि सम्झौता गरेका हुन् ।
रोहितले सामाजिक सञ्जालमार्फत क्लबसँगको सम्झौता नविकरण गरिएको जानकारी गराए । रोहितले २०२२ देखि जाकार्ताको क्लब पेरिसिकका लागि खेल्दै आएका छन् ।
यसअघि उनले इन्डोनेसियाकै पेरिसिजा जाकार्ताका लागि सन् २०१७ देखि २०२२ सम्म खेलेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया