फुटबल

अग्रता जोगाउन नसक्दा युनाइटेडले बराबरी खेल्यो, न्यूकासल विजयी

इकागज |
बैशाख १५, २०८० शुक्रबार १०:५६ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत म्यानचेस्टर युनाइटेडले दुई गोलको अग्रता जोगाउन नसक्दा टोटेनहमसँग अंक बाँडेको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले टोटनहमसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

जाडोन सान्चोले ७औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए भने मार्कस रासफोर्डले ४४औँ मिनेटमा युनाइटेडको अग्रता दोब्बर बनाए । तर टोटेनहमका पेड्रो पोरोले ५६ औँ तथा सन हेउङ्ग-मिनले ७९ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।


बराबरीसँगै चौथो स्थानमा रहेको युनाइटेडले ३१ खेलबाट ६० अंक जोडेको छ । टोटेनहम भने ३३ खेलबाट ५४ अंकसहित पाँचौ स्थानमा छ ।

यता तेस्रो स्थानको न्यूकासलले एभर्टनलाई ४-१ गोलअन्तरले पाखा लगायो । न्यूकासलका लागि कालुम विल्सनले दुई तथा जोएलिन्टन र जाकोब मर्फीले १-१ गोल गरे । ड्वाइट म्याकलेनलले एभर्टनका लागि एक गोल फर्काए ।

जितसँगै न्यूकासलले ३२ खेलबाट ६२ अंक जोडेको छ । भएर्टन भने ३३ खेलबाट २८ अंकसहित १९औँ स्थानमा छ ।


Author

थप समाचार
x