फुटबल

साफ च्याम्पियनसीप तयारीका लागि मे १ मा ‘ट्याक्टिकल ट्रेनिङ’

इकागज |
बैशाख १५, २०८० शुक्रबार १३:१६ बजे

काठमाडौँ- भारतमा आयोजना हुने साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनेसीले ट्याक्टिकल ट्रेनिङ (रणनीतिक अभ्यास) आयोजना गर्ने भएका छन् ।

मुख्य प्रशिक्षक भिन्सेन्जोले मे १ तारिखमा रणनीतिक अभ्यास आयोजना गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।


रणनीतिक अभ्यासका लागि भिन्सेन्जोले २८ खेलाडीलाई बोलाएको छ । उनले यसअघि अप्रिल १४ मा पनि सो अभ्यास गराएका थिए ।

साफ च्याम्पियनसीप भारतले जुन २१ देखि जुलाई ३ सम्म बेंग्लुरुमा आयोजना गर्दैछ । साफ च्याम्पियनसीपमा भारतसँगै नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स र पाकिस्तानको सहभागिता रहनेछ ।

अभ्यासका लागि बोलाइएका खेलाडीः

गोलरक्षकः किरण चेम्जोङ, अनिश देउला र दिप कार्की

डिफेन्डरः सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा र अन्जन महर्जन

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नविन लामा, मणी कुमार लामा, दिपेश गुरुङ, सुदिप गुरुङ, लाकेन लिम्बु र आभाष लामिछाने

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर र जिलेस्पी जंग कार्की


Author

थप समाचार
x