बार्सिलोनाले रियल बेटिसलाई पराजित गर्दा लामिनेको कीर्तिमान
काठमाडौँ- स्पेनिस ला लिगामा बार्सिलोनाका लागि खेलेका विंगर लामिने यामलले कीर्तिमान कायम गरेका छन् । १५ वर्षीय लामिने बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
ला लिगाअन्तर्गत बार्सिलोनाले रियल बेटिसलाई ४-० ले पराजित गर्दा लामिने मैदानमा उत्रिएका थिए । उनी गाभीको स्थानमा ८४ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए ।
१५ वर्ष २ सय ९० दिनको हुँदा बार्सिलोनाका लागि खेलेका लामिने ला लिगा खेल्ने कम उमेरका पाँचौ खेलाडी हुन् ।
रियल बेटिसमाथि जित दिलाउन बार्सिलोनाका लागि एन्ड्रियास क्रिस्टेनसेन, रोबर्ट लेवान्डोस्की र राफिन्हाले एक-एक गोल गर्दा रियल बेटिसका गुइडो रोड्रिगेजले एक आत्मघाती गोल गरे ।
जितसँगै शीर्ष स्थानको बार्सिलोनाले ३२ खेलबाट ७९ अंक जोडेको छ । रियल बेटिस भने ४९ अंकसहित छैटौ स्थानमा छ ।
यता दोस्रो स्थानको रियल मड्रिडले अल्मेरियालाई ४-२ ले पराजित गर्यो । रियलको ३२ खेलमा ६८ अंक छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया