फुटबल

म्यानचेस्टर युनाइटेड खरिदका लागि कतारी व्यापारीको प्रस्ताव पेश

इकागज |
बैशाख १७, २०८० आइतबार १३:३ बजे

काठमाडौँ- कतारका व्यापारी शेख जासिम विन हमाद अल थानीले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड खरिदका लागि प्रस्ताव पेश गरेको छ । थानीका प्रतिनिधिले अलजजिरालाई जनाएअनुसार उनले तेस्रो तथा अन्तिम प्रस्ताव पेश गरेका हुन् ।

युनाइटेडका मालिक ग्लाजर परिवारले तोकेको समयसीमा भित्र थानीले क्लब खरिदका लागि प्रस्ताव बुझाएका हुन् । थानी कतारी बैँकका अध्यक्ष तथा कतारका पूर्व प्रधानमन्त्रीका छोरा हुन् ।


थानीले क्लबको पूर्ण स्वामित्व लिन खोजेको बताइएको छ । तर उनले प्रस्ताव गरेको रकम भने खुलाइएको छैन ।

बेलायती अर्वपति जिम र्‍याटक्लिफले पनि युनाइटेड खरिदका लागि प्रस्ताव पेश गरेका छन् ।


Author

थप समाचार
x