फुटबल

९९ फिफा वरीयताको लेवननले पनि साफ च्याम्पियनसीप खेल्ने

इकागज |
बैशाख २५, २०८० सोमबार १५:४४ बजे

काठमाडौँ- भारतले आयोजना गर्ने साफ च्याम्पियनसीप फुटबलमा लेवननले पनि सहभागिता जनाउने भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले सोमबार साफ च्याम्पियनसीपमा लेवननले पनि सहभागिता जनाउने सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको हो ।

साफ च्याम्पियनसीप खेल्ने टिममध्ये लेवनन फिफा वरीयतामा सबैभन्दा माथि छ । लेवनन फिफा वरीयतामा ९९ औँ स्थानमा छ । भारत भने १ सय १ औँ स्थानमा छ ।


भारतले जुन २१ देखि जुलाई ३ सम्म बेंग्लुरुमा साफ च्याम्पियनसीप आयोजना गर्दैछ । साफ च्याम्पियनसीपमा साफ बाहिरको टोली कुवेतले पनि सहभागिता जनाउने सुनिश्चित भएको छ ।

साफ च्याम्पियनसीपमा कुवेत र भारतसँगै नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानको पनि सहभागिता रहनेछ ।


Author

थप समाचार
x