फुटबल

उपाधि नजिक पुगेको पिएसजीको जितमा एम्बाप्पेको दुई गोल

इकागज |
बैशाख ३१, २०८० आइतबार ६:३२ बजे

काठमाडौं - पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जीत दर्ता गर्दै  उपाधिको सम्भावना थप बलियो बनाएको छ ।

एसी एजासियोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पिएसजीले उपाधि जीतको सम्भावना बलियो बनाएको हो । जसमा एक गोल उपहारमा पाएको थियो । 


पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको २२औं मिनेटमा पिएसजीका फावियन रुइजले गोल गरे पछि खेलले अग्रता लिन सुरु गरेको थियो । र, त्यसको १० मिनेट पछि अर्थात ३३औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीको अग्रतालाई दोब्बर पारे । र, खेल पहिलो हाफमा २-० को अवस्थामा रहन पुग्यो । 

तर, दोस्रो हाफको सुरुवाती अर्थात ४७औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीले ३–० को अग्रतासहित फराकिलो अन्तर बनायो । र, उनै एम्बाप्पेले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पिएसजीको अग्रतालाइ ४–० मा पुर्याइदिए । ​

एजासियोको बिडम्बना नै भनौं, ७३औं मिनेटमा मोहम्मद युसोउफले आत्मघाती गोल गरेपछि पिएसजी खेलमा ५–० ले अघि बढ्यो । र, दुबैतर्पफवाट कुनै गाेल हुन नसके पछि अन्ततः खेल ५-० मा टुंगियाे । 

रोचक त भे के भने खेलको अन्तिमतिर दुवैतर्फका खेलाडी रातो कार्ड खाएर बाहिरिनु परेको थियो । खेलको  ७७औ मिनेटमा पिएसजीका अचरफ हाकिमीले तथा ८०औं मिनेटमा एजारियोका थोमस मनगानीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो ।

यस जितसँगै शीर्षस्थानको पिएसजीले ३५ खेलबाट ८१ अंक जुटाएको छ भने पराजित एजासियो २३ अंक जोडेर १८औं स्थानमा सीमित छ ।


Author

थप समाचार
x