फुटबल

घरेलु मैदानमा रियल म्याड्रिडको कठिन जित

इकागज |
बैशाख ३१, २०८० आइतबार ६:४६ बजे

काठमाडौं - घरेलु मैदानमा रियल म्याड्रिडले कठिन जित निकालेको छ । स्पेनिस ला लिगाको जारी खेलमा रियलले गेटाफेमाथि १–० को झिनो जित निकालेको हो ।​

सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । घरेलु टोली रियल माथि चर्को दबाबमा राखे पनि गेटाफेले कुनै गोल गर्न सकेन । रियललाई गोलरहित अवस्थामा राख्ने रणनीति अनुसार अघि बढेको गेटाफेले पहिलो हाफमा कुनै गोल गर्न दिएन । 


तर, दोस्रो हाफमा मार्को एसेन्सियोले गोल गरे पछि रियलले १–० को अग्रता लिन सफल भयो । दुईतर्फबाट कुनै गोल हुन नसके पछि लुकास भास्क्वेजको पासमा एसेन्सियोले गरेको गोल नै निर्णायक बन्न पुग्यो । र, खेल १–० मा टुंगियो ।  

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको रियलले ३४ खेलबाट ७१ अंक जम्मा गरेको छ भने पराजित गेटाफे ३४ अंक जोडेर १८औं स्थानमा सीमित छ ।


Author

थप समाचार
x