जब आक्रमणबाट परिवारका सदस्य तथा साथीलाई जोगाउन वेस्टहमका खेलाडी नै अघि बढ्नुपर्यो...
काठमाडौँ- नेदरल्यान्ड्सको एजे अल्कमार फुटबल क्लबका समर्थकहरुको आक्रमण गरेपछि वेस्टहमका खेलाडीहरुले आफ्ना साथी तथा परिवारका सदस्यलाई जोगाउनु पर्ने अवस्था आएको छ ।
युरोपा कन्फेरेन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा वेस्टहमले अल्कमारलाई उसकै घरेलु मैदानमा १-० पराजित गर्दै गरेको खेलमा अल्कमारका समर्थकहरुले वेस्टहम खेलाडीका परिवार तथा साथीमाथि आक्रमण गरेको स्काइस्पोर्ट्सले जनाएको छ । उक्त जितसँगै समग्रमा ३-१ नतिजासहित वेस्टहम फाइनल पुगेको हो ।
र उक्त आक्रमणबाट आफ्ना परिवारका सदस्य तथा साथीलाई जोगाउन वेस्टहमका खेलाडीहरु नै अघि सरेका थिए । खेल टुंगिएलगतै अल्कमारका समर्थकहरुले एउटा घेरालाई भत्काउँदै वेस्टहम टिमका खेलाडीका परिवारका सदस्य तथा साथी बसेको स्थानमै पुगेर आक्रमण गरेपछि खेलाडीहरुले नै उनीहरुलाई जोगाउन त्यहाँ पुगेका थिए ।
तत्कालै प्रहरी तथा सुरक्षाकर्मी आएपछि अवस्था १० मिनेटपछि सामान्य बनेको थियो ।
यूएईएफएले खेल पदाधिकारीको प्रतिवेदनका आधारमा थप निर्णय लिने जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया