फुटबल

आर्मी र एपीएफले सिन्धु कप फुटबल खेल्ने

इकागज |
जेठ ५, २०८० शुक्रबार १४:२१ बजे

काठमाडौँ- ‘ए’ डिभिजन फुटबल क्लबद्वय त्रिभुवन आर्मी फुटबल क्लब तथा एपीएफ फुटबल क्लबले सिन्धु कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । युथ स्पोर्ट्स क्लब, सिन्धुपाल्चोकले जेठ २८ देखि असार २ गतेसम्म प्रतियोगिता आयोजना गर्दैछ ।

आयोजकले जनाएअनुसार प्रतियोगितामा विभागीय टोली आर्मी र एपीएफसँगै प्लानिङ ब्वाइज युनाइटेड, झम्सीखेल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, काभ्रे जिल्ला फुटबल संघ, आयोजक युथ क्लब र दोलखा जिल्ला फुटबल संघको सहभागिता रहनेछ ।


प्रतियोगिताको खेलहरु लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा हुनेछन् ।

प्रतियोगिताको विजेताले २ लाख तथा उपविजेताले १ लाख पुरस्कार पाउनेछन् । त्यसैगरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडीले समान ५-५ हजार पाउनेछन् । त्यसैगरी, प्रत्येक खेलको उत्कृष्ट खेलाडीले २ हजार पाउने आयोजकले जनाएको छ ।


Author

थप समाचार
x