प्रिमियर लिगः च्याम्पियन सिटी अन्तिम खेलमा पराजित
काठमाडौँ- इंग्लिस प्रिमियर लिगको उपाधि हात पारेको म्यानचेस्टर सिटीले लिगको अन्तिम खेलमा पराजय भोगेको छ । लगातार तेस्रो पटक उपाधि जितेको सिटीले आइतबार राति भएको खेलमा ब्रेन्टफोर्डसँग १-० को पराजय भोग्यो । ब्रेन्टफोर्डलाई जित दिलाउन इथान पिनोकले ८५ औँ मिनेटमा निर्णायक गोल गरे ।
ब्रेन्टफोर्डविरुद्धको पराजयसँगै सिटीको २५ खेलको अपराजित यात्रामा समेत विश्राम लागेको छ ।
यता सिटीलाई पराजित गरेपनि ब्रेन्टफोर्डले भने आगामी सिजनको युरोपा कन्फ्रेन्स लिग खेल्ने अवसर गुमाएको छ । यसका लागि आस्टन भिल्लाले पराजय भोग्दा टोटेनहमले कम्तिमा पनि अंक बाँड्नुपर्ने थियो । तर दुबै टिमले खेल जिते ।
यससँगै आस्टन भिल्लाले ६१ अंकसहित सातौ स्थानमा रहँदै कन्फ्रेन्स लिग खेल्ने अवसर पायो भने ६० अंकसहित टोटेनहम आठौ तथा ५९ अंकसहित ब्रेन्टोफर्ड नवौ स्थानमा रह्यो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया