फुटबल

युभेन्टसलाई हराउँदै एसी मिलान च्याम्पियन्स लिगमा

इकागज |
जेठ १५, २०८० सोमबार १४:१४ बजे

काठमाडौँ-  इटालियन क्लब एसी मिलान आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट भएको छ । इटालियन सिरी ए को शीर्ष चारमा स्थान बनाएपछि मिलानले च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।  

सन् २०१२-१३ को सिजनपछि मिलान लगातार तेस्रो पटक च्याम्पियन्स लिगमा पुगेको हो । 


सिरी ए अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसलाई १-० ले पराजित गर्दै मिलान लिगको शीर्ष चारमा स्थान सुरक्षित गर्‍याे । खेलको ४० औँ मिनेटमा डेभिड क्यालाब्रियाको क्रसमा फ्रान्सका स्ट्राइकर ओलिभर जिराउडले हेडरमार्फत मिलानका लागि निर्णायक गोल गरेका थिए ।

चौँथो स्थानमा रहेको मिलानको अन्तिम चरणको खेल अगाडि ६७ अंक पुगेको छ । पाँचौं स्थानमा रहेको एटलान्टाको भने ६१ अंक रहेको छ । एक खेलमात्र बाँकी रहँदा एटलान्टा भन्दा मिलानलाई ६ अंकको अग्रता रहेको छ । हार बेहोरेको युभेन्टस ५९ अंकसहित सातौं स्थानमा छ ।

एसी मिलान आफ्नो प्रतिद्वन्द्वी इन्टर मिलान, लाजियो र सिरी ए च्याम्पियन नापोलीसँगै शीर्ष चारमा स्थान सुरक्षित गरेको छ । 

 


Author

थप समाचार
x