फुटबल

ए डिभिजन लिगः आर्मीलाई हराउँदै जावलाखेल दोस्रो स्थानमा

इकागज |
जेठ १६, २०८० मंगलबार १७:२३ बजे

काठमाडौँ- राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा जावलाखेलले आर्मीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

जावलाखेलको जितमा निकोटो मासोबीले दुवै गोल गरे । खेलको ५५ औँ मिनेटमा मासोबीले जावलाखेललाई अग्रता दिलाएका थिए । खेलको ७८ औँ मिनेटमा मासोबीले नै व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए । जितसँगै जावलाखेल दोस्रो स्थानमा उक्लिएको छ । 


जावलाखेल २३ खेलबाट ३७ अंक जोडेर दोस्रो स्थानमा पुगेको छ । आर्मी क्लब भने २३ खेलमा ३० अंक जोडेर पाचौं स्थानमा रहेको छ ।
 


Author

थप समाचार
x