फुटबल

म्यानचेस्टर सिटीका पेप गुआर्डियोला वर्ष प्रशिक्षक घोषित

इकागज |
जेठ १७, २०८० बुधबार ७:१६ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको उपाधि जितेको म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गुआर्डियोला वर्ष प्रशिक्षक घोषित भएका छन् । लिग म्यानेजर्स एसोसियसनले गुआर्डियोलालाई उक्त अवार्ड प्रदान गरेको बीबीसीले जनाएको छ ।

गुआर्डियोलाले तेस्रो पटक सर अलेक्स फर्गुसन ट्रफी हात पारेका हुन् । विभिन्न फुटबल लिगका प्रशिक्षकहरुको मतका आधारमा गुआर्डियोलाले उक्त अवार्ड हात पारे ।


सिटीलाई लगातार तीन पटक लिगको उपाधि दिलाएका ५२ वर्षीय स्पेनिस नागरिक गुआर्डियोलाले प्रिमियर लिगको उत्कृष्ट प्रशिक्षकको अवार्ड समेत हात पारेका थिए ।


Author

थप समाचार
x