मछिन्द्र, आर्मी र एपीएफले मात्र एएफसीको प्रतियोगिता खेल्न पाउने
काठमाडौँ- मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबले एएफसी क्लब लाइसेन्स पाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार मछिन्द्र, आर्मी र एपीएफलाई क्लब लाइसेन्स प्रदान गरिएको जनाएको छ ।
एन्फाको फस्ट इन्सटान्ट बडीले सन् २०२३-२४ को सिजनको एएफसी क्लब प्रतियोगिताका लागि मछिन्द्र, आर्मी र एपीएफलाई क्लब लाइसेन्स प्रदान गरेको हो । ती तीनवटै क्लबले गत सिजन पनि क्लब लाइसेन्स प्राप्त गरेका थिए ।
यसको अर्थ एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा मछिन्द्र, आर्मी र एपीएफले मात्र सहभागिता जनाउन पाउनेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया