फुटबल

युएफा युरोपा लिगको फाइनल खेल आज राति हुँदै

इकागज |
जेठ १७, २०८० बुधबार १८:४६ बजे

काठमाडौँ- बुधबार राति हंगेरीको राजधानी पुस्कास एरिनामा युएफा युरोपा लिगको फाइनल खेल हुँदैछ । स्पेनिश क्लब सेभिल्ला र इटालियन क्लब ए एस रोमाबीच खेल नेपाली समय अनुसार राति १ : ४५ मा हुनेछ । 

युरोपा लिगको सबैभन्दा सफल क्लब सेभिल्लाले छ वटा फाइनल खेल खेल्दा छ वटामै जित निकाल्न सफल भएको छ । र, यस पटक पनि जित निकालेर सातौं पटक जित्ने दाउमा छ सेभिल्ला ।


प्रशिक्षक​ जोसे मोरिन्होको एएस रोमाले भने सेभिल्लालाई रोकेर पहिलो पटक उपाधि जित्न चाहन्छ । रोमाका प्रशिक्षक मोरिन्होले युरोपेली फुटबलको फाइनल खेलमा कहिल्यै पनि हार व्यहाेर्नु परेकाे छैन ।

मोरिन्होको नाममा पाँचवटा युरोपेली उपाधिहरू (दुई च्याम्पियन्स लिग, दुई युरोपा लिग र गत वर्षको उद्घाटन गरिएको युरोपा कन्फरेन्स लिग) छन् ​।
युरोपा लिगको विजेताले नेपाली एक अर्ब रुपैयाँभन्दा बढी पुरस्कार राशि पाउने छन् ।


Author

थप समाचार
x