फुटबल

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

इकागज |
जेठ १८, २०८० बिहीबार ७:३३ बजे

फाइल फोटो

काठमाडौं - शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुदैँछन ।

अखिल फुटबल संघ (एन्फा)का अनुसार आजका तीन खेल मध्ये दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ ।


च्यासल खेल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र हिमालयन शेर्पाका बिचमा प्रतिस्पर्धा हुनेछ  । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

दशरथ रंगशालामा दिउँसो ३ बाट सुरु हुने पहिलो खेलमा न्युरोड टिम र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ । ​

यसैगरी, रंगशालामा नै हुने दोस्रो खेलमा मनाङ मस्र्याङदी र खुमलटार एक आपसमा आमुने सामुने हुनेछ । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।  


Author

थप समाचार
x