फुटबल

‌अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले छाडे पीएसजी

इकागज |
जेठ १८, २०८० बिहीबार १८:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- ३५ वर्षीय अर्जेन्टिनी विश्वकप च्याम्पियन लियोनल मेस्सीले सिजनको अन्त्यमा फ्रेन्च क्लब पीएसजी छाड्ने पक्का भएको छ । मेस्सी २०२१ मा पीएसजीमा आबद्ध भएका थिए । मेस्सीले पीएसजीबाट खेल्दा २ सिजनमा २ पटकनै  फ्रेन्च लिगको उपाधि जितेका थिए ।  

'मलाई फुटबल इतिहासको उत्कृष्ट खेलाडीको प्रशिक्षण गर्ने सुवर्ण अवसर प्राप्त भयो, यो साता पीएसजीमा मेस्सीको क्लर्मन्टविरुद्ध पार्क डेस प्रिन्सेसमा अन्तिम खेल हुनेछु,' पीएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले पत्रकार सम्मेलनमा भने । 


लियोनल मेस्सीले पीएसजीका लागि ७४ खेलमा ३२ गोल र ३४ असिस्ट गरेका छन् । मेस्सीले हालै मात्र फ्रेन्च लिगको उपाधि जित्दै ड्यानी आल्भेससँगै सबैभन्दा धेरै ट्रफी जित्ने कीर्तिमान (४३ ट्रफी) बराबरी गरेका थिए ।  

लियोनल मेस्सी अर्को सिजन कहाँ जाने कुराको भने निश्चित भएको छैन ।


Author

थप समाचार
x