रामोसले पनि पीएसजी छाड्ने

काठमाडौँ- स्पेनिस डिफेन्डर सर्जियो रामोसले पनि फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने भएका छन् । रामोसले फ्रेन्च लिग वान च्याम्पियन पीएसजी यस सिजनको अन्त्यपछि छाड्ने बीबीसीले जनाएको छ । पीएसजीले लिगको अन्तिम खेल आइतबार खेल्दैछ ।
अर्जेन्टिनी स्टार फरवार्ड लियोनल मेस्सीले पीएसजी छाड्ने सुनिश्चित भइसकेपछि पीएसजी छाड्न लागेको रामोस अर्का नाम चलेका खेलाडी हुन् ।
रामोसले सामाजिक सञ्जाल ट्विटरमार्फत आइतबार आफूले पीएसजी छाड्ने सुनिश्चित गरे । सन् २०२१ मा स्पेनिस क्लब रियल मड्रिडबाट पीएसजी आएका ३७ वर्षीय रामोसले फ्रेन्च क्लबका लागि ५७ खेल खेलेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया