महिला च्याम्पियन्स लिगको फाइनल आज राति हुँदै

काठमाडौँ- शनिबार राति हंगेरीको राजधानी पुस्कास एरिनामा युइएफए महिला च्याम्पियन्स लिगको फाइनल खेल हुँदैछ । स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब वुल्फ्सबर्गबीचकाे खेल नेपाली समय अनुसार राति ७:४५ मा हुनेछ ।
यसपटक बार्सिलोनाले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेल खेल्दैछ । बार्सिलोनाले २०२०/२१ सिजनको च्याम्पियन्स लिग जितेको थियो तर २०२१/२२ को फाइनलमा भने पराजय भोग्यो । उक्त खेल बार्सिलोनाले फ्रान्सेली टोली लियोनसँग ३-१ गोलले हारेको थियो ।
वुल्फ्सबर्गले २ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ। वुल्फ्सबर्गले २०१२/१३ र २०१३/१४ मा लगातार जितेको थियो । २०१७/१८ को फाइनल खेलमा वुल्फ्सबर्गले पनि लियोनसँग नै हार बेहोरेको थियो ।
महिला च्याम्पियन्स लिगको विजेताले लगभग नेपाली ५ करोड पुरस्कार राशि पाउने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया