फुटबल

बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिगको उपाधि

इकागज |
जेठ २१, २०८० आइतवार ९:१ बजे

काठमाडौँ- बार्सिलोनाले महिलाको च्याम्पियन्स लिगको उपाधि हात पारेको छ । शनिबार राति भएको फाइनल खेलमा जर्मन क्लब उल्भ्सबर्गलाई ३-२ गोलअन्तरले पराजित गर्दै बार्सिलोनाले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

दुई गोलले पछि परेको अवस्थामा बार्सिलोनाले तीन गोल फर्काएर फाइनल आफ्नो पक्षमा पार्न सफल भयो ।


बार्सिलोनाको जितमा प्याट्रिसिया गुइजारोले २ तथा फ्रिडोलिना रोल्फले एक गोल गरे । उल्भ्सबर्गका लागि इवा पाजोर र अलेक्जान्द्रा पोपले एक-एक गोल फर्काए।


Author

थप समाचार
x